काठमाडौँ– साहित्यकार युवराज नयाँघरेको आत्मपरक निबन्ध सङ्ग्रह ‘आगोको बीउ’ सार्वजनिक भएको छ ।
बिहीबार कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा लेखक नयाँघरसँगै साहित्यकार कृष्ण धारावासी, कुमारी लामा, ज्ञानु अधिकारी लगायतकाले संयुक्त रुपमा सङ्ग्रहको विमोचन गरेका हुन् ।
नयाँघरे विशेषत निबन्ध लेखन विधामा लोकप्रिय छन् । कृतिमा मानव, जीवन, मृत्यु जस्ता मानवीय संवेदना र अनुभूतिहरुलाई प्रस्तुत गरिएको छ । कृतिमाथि बोल्दै समालोचकका रुपमा समेत रहेका लामा र अधिकारीले कृतिमा जीवन र मृत्युको दोसाँध र दार्शनिक चेतना आएको सुनाए ।
आत्मपरक निबन्धसङ्ग्रह ‘एक हातको ताली’ का लागि २०६५ सालमा मदन पुरस्कार पाएका नयाँघरेका यसअघि नौ वटा नियात्रासङ्ग्रह र १० वटा निबन्धका कृति ल्याएका छन् ।
नयाँघरेको यो सङ्ग्रह रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया