मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जन्मातर कति वर्षको राख्ने ?

आमा तथा शिशुको स्वास्थ्यमा आइपर्ने जोखिमबाट जोगिन आमाहरूले एउटा जन्म दिएको कम्तीमा एक वर्षपछि मात्रै अर्को गर्भधारण गर्नु उचित हुने चिकित्सकहरु बताउँछन् । 

गर्भधारणमा उचित अन्तर नराखे त्यसले समय अगावै शिशुको जन्म हुने, साना आकारका शिशु जन्मने र मातृ तथा शिशु मृत्युदर बढाउने खतरा निम्त्याउन सक्छ।

तर जन्मान्तर कति राख्ने ? धेरैको अलमल यसैमा देखिन्छ ।

अनुसन्धानकर्ताहरूका अनुसार हाल विश्व स्वास्थ्य संगठनले भन्ने गरेको जस्तो त्यसको निम्ति १८ महिनासम्म कुर्न भने जरूरी छैन। 

ब्रिटिश कोलम्बिया विश्वविद्यालय तथा हार्भाड टिएच चान स्कूल अफ पब्लिक हेल्थद्वारा क्यानाडामा डेढ लाख सुत्केरीहरूमा गरिएको अनुसन्धानको निष्कर्ष अनुसार सुत्केरी हुनु र अर्को गर्भधारण गर्नुका बीच १२ देखि १८ महिनाको अन्तर राख्नु उत्तम हुन्छ। 

जबकि विश्व स्वास्थ संगठनको विद्यमान निर्देशिकाले त्यस्तो अन्तर कम्तीमा १८ महिनादेखि २४ महिना हुनुपर्ने भन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?