मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कण्डम सम्बन्धी केही रोचक तथ्य

पुरुषका लागि कण्डम परिवार नियोजनको एकमात्र अस्थायी साधन हो । अनिच्छित गर्भ रोक्न मात्र नभई यौन रोगबाट बच्नसमेत कण्डम सबैभन्दा राम्रो उपाय हो भन्दा फरक नपर्ला । 

यद्यपि कण्डमका विषयमा विभिन्न खाले भ्रम तथा अन्धविश्वास अद्यापि छन् । यहाँ कण्डमका विषयमा केही रोचक तथ्य प्रस्तुत गरिएको छ ।

– कण्डम सबैभन्दा पहिला इसापूर्व ११ हजार वर्षमै प्रयोगमा आएको देखिन्छ । त्यसबेलाको कण्डम अहिलेको जस्तो थिएन, तर, ती सुंगुरको आन्द्रा, बोकाको मुत्रासय, माछाको छाला, सुती कपडा, सिल्क र छालाबाट बनेका हुन्थे । 

– अहिलेसम्म फेला परेको पुरानो कण्डम स्वीडेनको हो जुन सन् १६४० मा बनेको थियो । 

– पहिला पहिला सुलभ नहुने हुनाले एउटै कण्डम धोएर पटकपटक प्रयोग गरिन्थ्यो । 

– सन् १९२८ मात्रै अमेरिकाले मेसिनद्धारा कण्डम उत्पादन गर्न थालेको हो । त्यस अघि कण्डम बजारामा सर्वत्र पाइदैनथ्यो । वेश्यालय चलाउने संस्थाले लेखिदिएको सिफारिसमा मात्र खरिद गर्न पाइन्थ्यो । 

– अहिले पनि कण्डमको ४० प्रतिशत खरिदकर्ता महिला हुने गरेका छन् ।

– अहिलेको कण्डम हेर्दा पातलो रबरबाट बनेका हुन्छन् । यसमा एक ग्यालिन पानी अट्छ तैपनि फुट्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?