महिलाको वक्षस्थल एक महत्त्वपूर्ण प्रजनन अङ्ग मात्र होइन सुन्दरताको प्रतीक पनि मानिन्छ । त्यहीँ भएर होला महिलाहरू आफ्नो वक्षस्थलको सुन्दरताप्रति निकै सजग हुन्छन् । वक्षस्थलको स्वरूपले महिलाको समग्र सुन्दरतामा प्रभाव पार्छ ।
यस विषयमा विभिन्न अध्ययनले महिलाको वक्षस्थलसम्बन्धी केही तथ्यहरू सार्वजनिक गरेका छन् । जुन यस प्रकार छ
– महिलाहरूको दुई वक्षस्थल मध्ये बायाँको वक्षस्थल दायाँको भन्दा केही ठूलो हुने गर्छ । दुई वक्षस्थल कहिल्यै पनि एउटै साइजको नहुने अध्ययनको दाबी छ । यस्तै, निप्पलको आकार पनि फरक फरक हुने गर्छ भने दिशा समेत फरक/फरक हुने गर्छ ।
– महिलाको वक्षस्थलको वरिपरि रौहरू हुने पनि अध्ययनले बताएको छ । महिलाको शरिरको रङ्ग अनुसार नै स्तन वरपरको रङ्ग फरक हुने बताइएको छ ।
– महिलाहरूको वक्षस्थलको तौल औसत ०.५ किलो ग्राम हुन्छ । अध्ययनका अनुसार महिलाहरूको वक्षस्थलमा उनीहरूको शरीरमा हुने चिल्लो पदार्थको ४/५ प्रतिशत बोसो रहेको हुन्छ । महिलाको वक्षस्थल उमेर बढ्दै जाँदा बढ्दै जान्छ र बोसोको मात्रा पनि बढ्दै जान्छ ।
– महिलाहरूको वक्षस्थल सामान्य अवस्थामा भन्दा रिसाएको बेला ठुलो हुने अध्ययनकर्ताहरू बताउँछन् । उनीहरूका अनुसार महिलाहरू रिसाएको बेला महिलाको वक्षस्थल समेत फुक्ने गर्छ ।
– महिलाको अन्तरवस्त्र बिक्रि गर्ने कम्पनी इन्टीमेसीद्धारा गरिएको सर्भेका अनुसार ४८ प्रतिशत महिलाहरू आफ्नो खास वक्षस्थलको साइज भन्दा १ वा २ इन्च ठूलो ब्रा लगाउँछन् । ८५ प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउँछन् ।
– सन् २००६ मा गरिएको एक सर्वेक्षण अनुसार ८२ प्रतिशत युवतीहरू वक्षस्थलको स्पर्शबाटै यौन सम्बन्धका लागि उत्तेजित हुने गर्छन् ।
– क्यानडामा गरिएको शोधका अनुसार स्तन प्रत्यारोपण गराउने महिलाहरूमा आत्महत्या गर्ने जोखिम ७३ प्रतिशत बढी हुन्छ ।
– साइकोलोजी टुडे पत्रिकाले गरेको सर्भेक्षणका अनुसार गरिब पुरुषहरूले ठूलो वक्षस्थल भएका महिलालाई मन पराउँछन् भने धनी पुरुषहरूले सानो वक्षस्थल भएका महिला रोज्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया