यौन सम्पर्क गर्नुको अनेकौँ फाइदा छन् । नियमित सेक्स गर्नाले विभिन्न रोगसँग लड्ने शक्ति बढाउँछ । अध्ययनका अनुसार नियमित यौन सम्पर्कले स्तन र प्रोस्टेट क्यान्सरको जोखिमलाई कम गर्छ । साथै, मुटु बलियो हुने र तनावको खतरालाई पनि कम गर्छ ।
तर थुप्रै दम्पतीबीच यौन सक्रियतामा असन्तुलन हुने गर्छ । कतिले आफ्नो पार्टनर यौनमा उदासीन भएको बताइरहेका हुन्छन् । त्यसैगरी कतिले आफ्ना पार्टनर यौनमा बढी नै सक्रिय हुने गुनासो गर्छन् ।
जबकी यौन सम्पर्कमा दुवैको रुचि, उत्सुकता र सक्रियता समान हुनुपर्छ । यदि त्यसो भयो भने यौन जीवन सुखमय हुन्छ । अक्सर दम्पतीको यौन सम्बन्धमा तालमेल मिलिरहेको हुँदैन । यही कारणले उनीहरूको सम्बन्धमा खटपट आउँछ । मनमुटाव हुने गर्छ । कतिपय अवस्थामा त डिभोर्स पनि हुने गर्छ ।
जब पार्टनरबाट यौन सन्तुष्टि मिल्दै उनीहरूले अर्कैतिर त्यसको विकल्प खोज्न थाल्छन् । पति वा पत्नी दुवैको हकमा यस्तो हुनसक्छ ।
त्यसैले यौन सम्बन्धमा दुवै पति पत्नी सक्रिय हुनुपर्छ ।
तर, यौनमा अधिक रुचि हुनु पनि राम्रो मानिँदैन । साथै यौनमा उदासीन भएको पनि राम्रो मानिँदैन । दम्पतीको सम्बन्ध सुमधुर राख्नका लागि यौन जीवनमा सन्तुष्ट चाहिन्छ । यौन जीवन सुखमय भयो भने उनीहरू एक अर्कामा थप नजिक हुन पुग्ने विभिन्न अध्ययनहरूमा पाइएको छ ।
यसको शारीरिक फाइदा पनि छ । भनिन्छ, यौन सम्पर्कको क्रममा शरीरको रक्त प्रवाह राम्ररी हुन पाउँछ । यसले मुटुलाई स्वास्थ्य राख्नदेखि छालामा चमक ल्याउनसम्म सहयोग गर्छ ।
अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकासित एक अध्ययन अनुसार जो पुरुष हप्तामा दुई पटक भन्दा बढी यौन सम्पर्क गर्छन्, उनीहरूमा हृदयघातको खतरा ४५ प्रतिशत कम हुन्छ ।
अध्ययनमा के पनि उल्लेख छ भने, स्वास्थ्य यौन जीवनले शरीरमा कार्टिसोल नामको हर्मोन कम उत्पन्न हुन्छ, जसले चिन्ता र उच्च रक्तचापको समस्या पनि हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया