काठमाडौँ – अमेरिकी डिभाइस निर्माता एप्पल फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउने बाटोमा अघि बढेको छ ।
यसका लागि कम्पनीले केही पेटेन्ट आवेदन दिएको छ भने युएस प्याटेन्ट एण्ड ट्रेडमार्क अफिस मा दायर गरिएको पेटेन्टको शीर्षकमा ‘इलेक्ट्रोनिक्स डिभाइस विथ डिस्प्ले र टच सेन्सर स्ट्रक्चर्स’ उल्लेख छ।
यसमा बाहिरी डिस्प्लेलाई ठूलो इन्टरनल डिस्प्ले प्यानलसँग जोडिएको छ। यो पेटेन्टमा बाहिरी डिस्प्लेसँगै अर्को डिस्प्ले प्यानल पनि छ भने यो स्मार्टफोनको नयाँ संरचनाले ट्रिपल फोल्ड डिजाइनलाई सङ्केत गरिरहेको छ।
गत महिना, एक रिपोर्टले नै क्ल्यामशेल–शैली फोल्डेबल स्मार्टफोन एप्पलको आईफोन १८ सिरिजसँग ल्याउन सक्ने बताएको थियो । तर यो स्मार्टफोनको लन्च मितिको बारेमा जानकारी प्राप्त भएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया