मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा

पोखरा – पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । प्रतिबन्धित औषधि बेचबिखन गरेको आरोप लागेका श्रेष्ठ ७५ हजार धरौटीमा रिहा भएका हुन् ।

भदौ २७ गते पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो। श्रेष्ठ आजै धरौटी बुझाएर रिहा भएका छन् ।

लागुऔषध ट्याबलेटसहित पक्राउ परेका पोखरा महानगरपालिका-४ का ४२ वर्षीय प्रकाश थापाको बयानका आधारमा प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको थियो।

प्रतिबन्धित ९७ चक्की लागुऔषध ट्याबलेटसहित पक्राउ परेका थापासँग प्रहरीले सोधपुछ गर्दा उक्त ट्याबलेट पोखरा महानगरपालिका –९ पृथ्वीचोकमा रहेको श्रेष्ठको दिया फार्मेसीबाट खरिद गरिएको बयान दिएपछि सोहि बयानका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?