काठमाडौँ – चालु आर्थिक बर्षको साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई १३६ अर्ब ९३ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया