मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निर्माता वासु भगनानीले किन हाले नेटफ्लिक्सविरुद्ध उजुरी ?

काठमाडौँ – बलिउड फिल्म निर्माता वासु भगनानीले नेटफ्लिक्सविरुद्ध धोकाधडीको उजुरी हालेका छन् । 

उनको प्रोडक्सन हाउस पूजा इन्टरटेनमेन्टले ओटीटी प्लेटफर्म नेटफ्लिक्सविरुद्ध ४७ करोड भारु ठगी गरेको आरोप लगाएको हो ।

उजुरीमा, पूजा इन्टरटेन्मेन्टले फ्ना तीन फिल्महरू हिरो नम्बर १, मिसन रानीगञ्ज र बडे मियाँ छोटे मियाँ ओटीटी प्लेटफर्ममा स्ट्रिम गरिएको तर नेटफ्लिक्सले स्ट्रिमिङ अधिकारको ४७ करोड ३७ लाख भारु नतिरेको आरोप लगाएको छ । 

भगनानीको गुनासोमा नेटफ्लिक्सको भारतीय कन्टेन्ट व्यवस्थापन गर्ने लस गाटोस प्रोडक्शन सर्भिस इन्डियाको नाम पनि उल्लेख गरिएको छ । यसबाहेक उजुरीमा जू डिजिटलसहित १० कार्यकारीको नाम पनि उल्लेख छ ।

तर नेटफ्लिक्सले भने यस आरोपको जवाफ दिँदै उल्टो वासु भगवानीबाट पैसा लिनुपर्ने दाबी गरेको छ । भारतीय क्रियटिभ समुदायसँग साझेदारीको पूरै ट्र्याक रेकर्ड रहेको र यस समस्या समाधान गर्न अधिकारीहरूसँग काम गरिरहेका उसको भनाई छ । 

भगनानी लामो समयदेखि विवादमा छन् । उनले लामो समयदेखि आफ्ना कर्मचारीको पारिश्रमिक रोकेको विषयलाई लिएर विवादमा तानिँदै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?