काठमाडौँ – महजोडीले देशव्यापी ‘महजात्रा’ आयोजना गर्ने भएका छन्। मानवसेवा आश्रम र मीरा फाउण्डेसनको सहयोगार्थ सुश्री मिडियाले कार्यक्रम आयोजना गर्न लागेको हो।
कात्तिक २९ गतेदेखि मंसिर १८ सम्म काठमाडौँको प्रज्ञा भवन र मोफसलका सहरमा जात्रा आयोजना हुने महजात्रामा २४ शो हुनेछन् । जसमध्ये काठमाडौँमा १२ र मोफसलका सहरमा पनि १२ स्टेज शो आयोजना हुने बताइएको छ ।
मोफसलमा दमक, बिर्तामोड, इटहरी धरान, विराटनगर, हेटौँडा, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, नेपालगन्ज, धनगढी र पोखरामा पनि कार्यक्रम तय गरिएको छ।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित किरण केसी, नरेन्द्र कंसाकार, राजाराम पौडेल, शैलेन्द्र सिंखडा, शिवहरि पौड्याल, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभूषा बस्नेतले महजात्रामा हास्यव्यङ्ग्य प्रस्तुति दिनेछन्।
यसअघि अमेरिकाका ३८ राज्य, क्यानडाका ६ र अस्ट्रेलियाका ७ राज्यमा महजात्रा सम्पन्न भइसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया