मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो फेसबुकमा फेरि आएको ‘पोक’ फिचर ?

पोक फिचर सक्रिय भएसँगै फेसबुकमा आफ्नो साथीले पोक गरेको नोटिफिकेसन देख्नुभएको होला । 

यदि तपाईँले कसैलाई पोक गरे उनीहरूले “(तपाईँको नाम) पोक्ड यू’ भन्ने सूचना प्राप्त गर्छन् । त्यसपछि उनीहरूले पोक ब्याक गर्न अथवा बेवास्ता गर्न सक्छन् ।

खासमा फेसबुकमा कसैलाई ‘पोक’ गर्नुको अर्थ के हो ? के यसको अर्थ जिस्काएको, सम्झेको भन्ने हुन्छ ?

सरल भाषामा बुझ्दा पोकले यी अर्थ समेट्छन् । फेरि अर्को तर्फभन्दा ठ्याक्कै यी मात्र पोकको अर्थ होइनन् । हुन त फेसबुक आफैँले वास्तवमा पोक के हो भनेर बताएको छैन ।

वास्तविक जीवनमा कसैलाई केही भन्न हातले कोट्याउने अनुभव सायद तपाईँसँग हुन सक्छ । पोकको आधारभूत अर्थ यही हो ।

त्यसका आधारमा फेसबुकको पोकको अर्थ कसैलाई आफूतिर ध्यानाकर्षण गराउनु हो । अब त्यसलाई जसरी पनि अर्थ्याउन सकिन्छ ।

फेसबुकले यस्तो फिचर २००४ देखि नै सुरु गरेको थियो । तर, त्यसबेलामा ठ्याक्कै यसले के गर्छ, केका लागि बनाइएको हो भन्ने स्पष्ट थिएन । जुन अहिलेसम्म कायम नै छ ।

त्यस्तै पोक गर्ने फिचर आफ्ना साथीसँग मात्र सीमित छ । अर्थात् फेसबुकमा नजोडिएका व्यक्तिलाई पोक गर्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?