धेरैजसो मानिस अनुहारमा देखिने बुढोपनाका लागि तपाईँको खानपान जिम्मेवार रहन्छ । केही हदसम्म यो कुरा ठिक पनि हो । तर नयाँ अनुसन्धानमा वैज्ञानिकले यसको नयाँ कारण पनि बताएका छन् ।
जसमा धेरै मानिसको ध्यान गएको छैन । यस सम्बन्धमा हामीले केही स्पष्ट पार्ने प्रयास गरेका छौ ।
– नेशनल लाइब्रेरी अफ मेडिसिन जर्नलको अनुसन्धान अनुसार कोल्टे फेर्दाको समयमा सुत्दा अनुहार रगटिन्छ । जसबाट चाउरीपना बढ्न थाल्छ । यसो नगर्नुस् ।
– जर्नल स्प्रिंगर लिंकको अध्ययन भन्छ,“चिनी खाईसकेपछि ग्लाइकेशनको प्रक्रियाको अवधिमा फ्री–रेडिकल्समा परिवर्तन हुन्छ, जसले कोशिकालाई नोक्सानी पुर्याउछ ।”
– पबमेड जीओ जर्नलका अनुसार यदि तपाई ४ दिन ८–८ घण्टाको अवधिमा कम्प्युटरमा काम गर्नुहुन्छ भने यो दिउसोको घामको समयमा २० मिनेटसम्म बिताउनु बराबर हो । यसले ठुलै नोक्सानी पुर्याउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया