काठमाडौँ – बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार सातौँ जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा खेलको १९औँ मिनेटमा रोबेर्ट लेवानडोस्कीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि बार्सिलोनाको ला लिगामा ७ खेलमा २१ अङ्क भएको छ र शीर्ष स्थानमा कायम छ । ७ खेल सकिदा रियल म्याड्रिड १७ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी गेटाफेको भने ७ खेलमा यो तेस्रो हार हो । गेटाफे ७ खेलमा ४ अङ्कसहित १९औँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया