काठमाडौँ – चेन्नईबाट दुबईका उडान भर्न लागेको विमान ठुलो दुर्घटना हुनबाट जोगिएको छ । मंगलबार राति चेन्नईबाट दुबईका लागि उड्न लागेको एमिरेट्सको विमानमा अचानक आगलागी भएको छ।
भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति दुबईका लागि उड्न लागेको एमिरेट्सको विमानमाबाट धुवाँको मुस्लो निस्किएको थियाे तर बेलैमा आगो नियन्त्रणमा लिइएपछि विमान ठूलो दुर्घटना हुनबाट जोगिएको हाे ।
विमानमाबाट धुवाँको मुस्लो निस्किएपछि यतिबेला सामाजिक सञ्जालमा विमानमा आगलागी भएकाे भिडियाे भाइरल भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उडान भर्नुअघि विमानमा इन्धन भरिँदै गर्दा यो दुर्घटना भएको बताइएको छ।
ग्राउन्ड स्टाफले खिचेको भिडियोमा विमानस्थलका कर्मचारीले आगो निभाउने प्रयास गरिरहेको देखिन्छ। अग्निनियन्त्रकहरूले आगो निभाउन विमानको पछाडिको भागमा पानी खन्याइरहेको देखिन्छ।
यो घटनापछि एमिरेट्सले विज्ञप्ति जारी गर्दै प्राविधिक गडबडीका कारण उडान ईके५४७ सेप्टेम्बर २४ का दिन गन्तव्य प्रस्थान गर्न ढिला भएको जनाएको छ। एमिरेट्स आफ्ना यात्रुहरूलाई पर्न गएको असुविधाका लागि माफी मागेकाे विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
घटनापछि यात्रुहरुले विमानमाथि आक्रोश पोखेका थिए, तर चालक दलका सदस्यसहित सबै यात्रु सुरक्षित रहेको र सबैलाई गन्तव्यमा पठाउने तयारी भएको एमिरेट्सले जनाएको छ ।
हेर्नुहोस् विमानमा आगो लागेको भिडिओ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया