काठमाडौँ– हामीले दुनियाँमा विभिन्न थरीका पेन्टिङ देखेकै छौँ । हरेक पेन्टिङमा आफ्नै विशेषता हुन्छ । पेन्टिङ गर्नको लागि विभिन्न सामग्रीहरुको प्रयोग गरिएको हुन्छ । कुनै पेन्टिङ यस्ता हुन्छन्, जसको मूल्य नै लगाउन सकिँदैन ।
तर, के तपाईँले यस्ता पेन्टिङका बारेमा सुन्नुभएको छ? जसमा कलाकारले पेन्टिङ पनि आफ्नै रगतको प्रयोग गरेर गर्ने गर्छन् । जुन मानिसको रगतले बनाएको हुन्छ । सुन्दा नै आश्चर्य लाग्ने यो कुरा वास्तवमा सत्य हो । फिलिपिन्सका एक जना आर्टिस्टले आफ्नै रगतको प्रयोग गरेर पेन्टिङ गर्दै आएका छन् । उनको नाम हो ‘एलिटो चिर्का’ ।
एलिटो चिर्का क्यानभास आर्टिस्ट हुन् । जसले विश्व रेकर्ड बनाउनका लागि आफ्नो रगतको प्रयोग गरेर कैयन् पेन्टिङहरु बनाएका छन् । उनको जन्म सन् १९७० जनावरी २८ मा भएको थियो । ५४ वर्ष पुगिसक्दा पनि उनी आफ्नो शरीरबाट रगत निकाल्न र क्यानभास पोत्न छोडेका छैनन् ।
शुरुमा उनले टमाटरको प्रयोग गरेर पेन्टिङ बनाउने गरेका थिए । तर उसलाई आफूप्रति संसारको ध्यान नगएको आभास भयो । विश्वको ध्यान तान्नका लागि सर्काले आफ्नै रगतको प्रयोग गर्न शुरु गरे ।
किन बनाउँछन् रगतबाट पेन्टिङ?
जब कसैले सर्कालाई रगतबाट पेन्टिङ बनाउनुको रहस्य सोधे, तब उनले जवाफमा भने, ‘मेरो शरीरमा कुनै चोट पटक लाग्छ । तब म पेन्टिङमा आफ्नै रगतको प्रयोग गर्छु ।’ उनले पेन्टिङमा रगतको धब्बा हटाउन निकै गाह्रो हुने भएकोले पनि प्रयोग गरेको सुनाउँछन् ।
उनले अगाडि थप्छन्, ‘यसले गर्दा पनि मेरो पेन्टिङ मेरो लागि एकदम महत्वपूर्ण रहेको छ । यदि रगतबाट बनेको छ भने त्यसमा मेरो डिएनए भेटिन्छ । यही कारणले गर्दा पनि म आफ्नो पेन्टिङमा मेरो रगतको प्रयोग गर्छु ।’
एलिटो सर्काले पेन्टिङको लागि आफ्नै शरीरबाट रगत निकाल्ने गर्छन् । यसका लागि उनले करीब तीन महिनाको अन्तरालमा ५०० मिलिलिटर रगत निकाल्ने गर्छन् । एक वर्षभरीमा उनले झण्डै दुई लिटर रगत निकाल्ने गर्छन् ।
उनले पेन्टिङमा रगतको प्रयोग गर्नका लागि स्टोर गर्छन् । अनि रगतलाई आवश्यकता अनुसार झिकेर पेन्टिङमा प्रयोग गर्ने उनी सुनाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया