मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समयमै लिलाम नहुँदा सर्लाही भन्सारमै थन्किए सवारीसाधन

मलङ्गवा ‘सर्लाही’ – समयमै लिलाम नहुँदा करोडौं मूल्य बराबरका सवारीसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएका छन् ।सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा दाखिला गरेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन सवारीसाधनका काम नलाग्ने गरी बिग्रिन थालेका हुन् ।

भन्सार कार्यालयको पार्किङ क्षेत्रमा खुला आकाशमुनि वषौँदेखि राखिएका सावारी साधानमाथि झारपात पलाएको छ । सर्लाही जिल्लाका विभिन्न क्षेत्रबाट चोरी–पैठारी, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेका लगायतका सवारीसाधन सुरक्षा निकायले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेको छ ।

भन्सार कार्यालयमा बुझाइएका अधिकांश सवारीसाधान भारतबाट अवैध रुपमा चोरी तस्करीका सर–समान ढुवानी गर्ने सवारी छन् । गाडीमध्ये सबैभन्दा बढी भन्सार प्रक्रिया पूरा नगरेका भारतीय नम्बरका मोटरसाइकल छन् । यस्तै भन्सार शुल्क नतिरी विभिन्न सामान चोरीपैठारी गरिरहेका अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिइएका नेपाली गाडी पनि भन्सार कार्यालयको पार्किङमा राखिएका छन् ।

सुरक्षाकर्मीले चालु अवस्थामा भन्सार कार्यालय बुझाएका सवारीसाधन अहिले कामै नलाग्ने स्थितिमा पुगेको बताइएको छ । भन्सार कार्यालयमा थन्किएर रहेका सावारीसाधनलाई छठ पर्वलगत्तै लिलामी प्रक्रिया अगाडि बढाउने सर्लाही भन्सार कार्यालयका निमित प्रमुख भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिए ।

गत आर्थिक वर्षको जेठतिर पाँच सय सवारीसाधान लिलामी गरिएको जनाउँदै उनले मुद्दा टुङ्गो लागिसकेका सवारी साधनलाई चाँडै लिलामी प्रक्रिया अगाडि बढाउने बताए । भन्सार कार्यालयको पार्किङ ९यार्ड० क्षेत्रमा राखिएको सवारीसाधनको सुरक्षाका लागि ट्रष्ट निर्माणको लागि विभागसँग रकम माग गरेका थियौ तर पैसा नआएका कारण ट्रष्ट निर्माण हुन नसकेको उनले जानकारी गराए ।

“यातायात कार्यालयको इञ्जिनीयरले सबै गाडी हेरिसकेपछि यसको प्रतिवेदन तयार गरिने छ”, उनले भने, “प्रतिवेदन प्राप्त गरेपछि मूल्याङ्कन समितिले मूल्य निर्धारण गरेर लिलामको सूचना निकाल्ने तयारी छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?