काठमाडौँ – साफ यू-१७ च्याम्पियनसिपमा नेपालले समूहको आफ्नो अन्तिम खेलमा आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दै छ । सेमिफाइनल प्रवेशका लागि नेपालले यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार ५: ४५ बजेदेखि हुनेछ । समूह बी मा रहेको नेपाल दुई खेलबाट तीन अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।
पहिलो खेलमा पाकिस्तानसँग नेपाल १-० गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकालाई ४-० गोलले पराजित गरेको थियो ।
भुटान चार अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान अङ्क भए पनि गोल अन्तरका आधारमा पाकिस्तान दोस्रो स्थानमा छ । आज नै पाकिस्तानले श्रीलंकासँग खेल्नेछ । भुटान र पाकिस्तानलाई बराबरीको नतिजा पनि अन्तिम चारमा पुग्न पर्याप्त हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया