काठमाडौँ– फिल्म ‘बेहुली फ्रम मेघौली’ ले बेहुली हुँदाको कथा लेख्नेलाई पुरस्कारको व्यवस्था गरेको छ । निर्माण पक्षले बेहुली हुँदाको उत्कृष्ट अनुभव लेख्नेलाई पुरस्कारको व्यवस्था गरेको निर्माण पक्षले जनाएको छ ।
फिल्मका नायिका तथा निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको अनुभव लेखेर उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरेको जनाएकी छिन् । उनका अनुसार अनुभव लेखेर उत्कृष्ट हुनेलाई प्रिमियममा निमन्त्रणासँगै फिल्मको दुई वटा टिकट पुरस्कार दिने बताएकी छिन् । आफू बेहुली हुँदाको अनुभवलाई करिब ३०० शब्दमा लेखेर असोज १० गतेदेखि पठाउन सकिने जनाइएको छ ।
फिल्म आगामी असोज १७ गतेदेखि प्रदर्शनीमा आउने छ । चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।
सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निश्चलले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया