काठमाडौँ – कास्कीको घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि सन्चालमा आएको छ ।
प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबीसी) को प्रवेशद्वार घान्द्रुक जाने सो सकडक अन्नपूर्ण–१० किलुमा असार २० गते पहिरो गएर अवरुद्ध र्भएको छ ।
सो सडक मङ्गलबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख सोभियत खड्काले जानकारी दिए ।
घान्द्रुक विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरको प्रवेशद्वारसमेत हो । पर्यटकीय मौसममा घान्द्रुक हुँदै दैनिक सयौँ पर्यटक एबिसी पुग्छन् । पछिल्लो समय घान्द्रुक पर्यटनको ‘हब’ बन्दै गएको छ । गुरुङ संस्कृतिसँग रमाउन र दृश्यावलोकनका लागि आन्तरिक पर्यटक वर्षभरि नै यहाँ पुग्ने गर्दछन् ।
सडक नखुल्दा गाउँमा पर्यटकीय गतिविधि पनि प्रभावित भएको र पोखराबाट घान्द्रुकसम्मको सिधा यातायात सम्पर्क टुटेको थियो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मत गरिएको हो ।
नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्ड १७ किलोमिटर लामो छ । यही सडकखण्डअन्तर्गत पर्ने नयाँपुल–बिरेठाँटी–कुलडाँडा–घान्द्रुक–उरी सडक निर्माण तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया