मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बागलुङमा बन्यो पाँच शैय्याको अस्पताल भवन

बागलुङ – काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेललाई भवनको साँचो मङ्गलबार हस्तान्तरण गरे ।

दुईतले भवनमा साना–ठूला ५३ वटा कोठा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु छ करोड १२ लाख लागतमा उक्त भवन निर्माण भएको हो । 

“भवनको जिम्मेवारी लिएका छौँ, स्वास्थ्यमन्त्रीबाट उद्घाटन गराएपछि नयाँ भवनबाट सेवा प्रारम्भ हुन्छ”, अध्यक्ष कँडेलले भने, “पाँच शैय्याको अस्पताल सञ्चालन गर्ने योजना छ, जनशक्ति व्यवस्थापनपछि अस्पताल सञ्चालनमा गरिने छ ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?