मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रीलंकाको संसद भङ्ग, नोभेम्बर १४ मा निर्वाचनको घोषणा

काठमाडौँ – श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद् विघटन गरेका छन् । 

राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ मा आम निर्वाचन गर्ने गरी संसद् विघटन गरेका हुन् । श्रीलंकामा पछिल्लो संसद् अधिवेशन अगस्ट २०२० मा बोलाइएको थियो । संसद् विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको छ ।

राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद् विघटन गर्ने स्पष्ट पारेका थिए । गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसायनाकेले संसद् भङ्ग गरेर निर्वाचनको मिति तोकेका हुन् ।

श्रीलंकाको नवौँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेपछि उनले आफू लोकतन्त्र जोगाउन र नेताहरूको सम्मान पुनर्स्थापनाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाएका थिए ।

साथै उनले आफ्नो उद्देश्य देशलाई आर्थिक सङ्कटबाट निकाल्ने भएको बताएका थिए । उनले आफू जादुगर नभई आर्थिक सङ्कटबाट गुज्रिरहेको देशलाई उकास्ने सामूहिक दायित्वमा लाग्ने आफ्नो लक्ष्य रहेको बताए ।

उनले भनेका थिए-‘म जादुगर होइन । म यो देशमा जन्मेको एक आम नागरिक हुँ । मसँग क्षमता र असक्षमता छ । मलाई केही कुरा थाहा छ र केही कुरा थाहा छैन । मेरो पहिलो काम भनेको जनताको प्रतिभालाई सदुपयोग गर्नु र यो देशको नेतृत्व गर्न राम्रो निर्णय गर्नु हो । सामूहिक जिम्मेवारीमा योगदानकर्ता बन्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?