मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्ट्रेलियामाथि इङल्याण्डको जित

काठमाडौँ – जारी एकदिवसीय सिरिजमा इङल्याण्डले अस्ट्रेलियालाई डक वर्थ लुइस नियम अनुसार ४६ रनले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा खेल वर्षाले पुरा हुन नसकेपछि डक वर्थ लुइस नियम अनुसार इङल्याण्ड ४६ रनले विजयी भएको हो ।

यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो । त्यसको जवाफमा इङल्याण्डले ३७.४ ओभरमा ४ विकेट गुमाएर २५४ रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएको थियो ।

त्यसपछि डक वर्थ लुइस नियम अनुसार सो अवस्थामा लक्ष्य २०९ रहेकोमा इङल्याण्डले २५४ रन बनाएकोले ४६ रनले विजयी बनाइएको हो । इङल्याण्डका लागि ह्यारी ब्रुकले अविजित ११० रन बनाएका थिए ।

इङल्याण्डले यो जितपछि सिरिजमा पहिलो जित हासिल गरेको छ । ५ खेलको सिरिजमा २-१ ले अस्ट्रेलिया अगाडी रहेको छ । अब सिरिजको चौथो खेल शुक्रबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?