मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भुलेर पनि चिसो खानेकुरा नखानुहोस्, अन्यथा स्वास्थ्य बिग्रन सक्छ

काठमाडौँ – धेरै मानिसहरूले आफ्नो बिहानको खाना फ्रिजमा राख्छन् । त्यसपछि यसलाई राती तताएर वा नताएर खाने गर्छन्। यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । धेरै प्रकारका रोगहरूले शरीरलाई असर गर्न सक्छ।

तातो खाना स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । घरका ठूलाले पनि ताजा खानेकुरा मात्र खाने सल्लाह दिन्छन् । तर, तीव्र गतिमा परिवर्तन हुँदै गएको जीवनशैलीमा मानिससँग तातो खाना खाने समय हुँदैन । चिसो खानेकुरा खाँदा के-कस्ता हानी हुन्छ जानौं…

स्वास्थ्य विज्ञहरुका अनुसार तातो खानामा ब्याक्टेरियाको जोखिम नहुने तर चिसो खानामा ब्याक्टेरियाको संख्या तिव्र रुपमा बढ्ने उच्च जोखिम रहेको छ ।

चिसो खानेकुरा खाने मानिसहरु प्रायः पेट सम्बन्धी समस्याबाट ग्रसित देखिन्छन् । तातो खाना खाने मानिसले यस्तो समस्या विरलै सामना गर्नुपर्ने हुन्छ । त्यसैले स्वास्थ्य विज्ञहरूले तातो खाना मात्रै खाने वकालत गरेको देखिन्छ ।

चिसो खानेकुरा खाने मानिसको मेटाबोलिज्म प्रायः कमजोर हुन्छ, जसका कारण उनीहरुले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यसैले खाना सधै तातो र तातो खानुपर्छ ।

चिसो खानेकुरा खाने मानिसहरुले पेट सुन्निने गरेको गुनासो गर्छन् । चिसो खाना खाँदा पाचन प्रक्रियामा असर पर्छ र यो सुस्त हुन्छ, जसका कारण आन्द्रामा कार्बोहाइड्रेट किण्वन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?