मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

२५ सय विन्दुबाट तल झर्‍यो शेयर बजार, जम्मा ५ अर्बको कारोबार

काठमाडौँ– नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भएयता निरन्तर उकालो लागेको शेयर बजार पछिल्लो केही समययता भने ओरालो लागिरहेको छ ।

कारोबार भएका पछिल्ला १३ दिनमध्ये ११ दिन बजार घटेको छ भने केबल दुई दिन उकालो लागेको छ । गत साउन ३१ गते नेप्से ३ हजार विन्दुमाथि पुग्दा २९ अर्ब ९५ करोड रुपैयाँसम्मको कारोबार भएको थियो ।

शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार ५८.९३ अंकको गिरावट आएको छ । आज नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा झरेको छ ।

यसअघि सोमबार पनि नेप्से ५९.०२ अंकले घटेको थियो । आज बजारमा २ सय ४४ कम्पनीका ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३ सय ५९ रुपैयाँ बराबरका १ करोड ५५ लाख ४ हजार ९ सय २९ कित्ता शेयर कारोबार भयो ।

आज केबल १० कम्पनीको शेयरमा वृद्धि देखियो भने २ सय ३३ कम्पनीका शेयर ओरालो लागे । एउटा कम्पनीको शेयर भने स्थीर रह्यो ।

यसरी बढिरहेको बजार निरन्तर घट्न थालेपछि लगानीकर्ताहरु निराश बन्दै गएका छन् । आउन लागेको चाडपर्वको दबाबका कारण पनि बजार घटिरहेको हुनसक्ने कतिपय जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?