मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘लाज शरणम्’ को मुख्य भूमिकामा धुर्मुस

काठमाडौँ– हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) फिल्म ‘लाज शरणम्’ मुख्य भूमिकामा देखिने भएका छन् । फिल्मलाई उनका भाई कुमार कट्टेल ‘जिग्री’को निर्देशन गर्दैछन् ।

उनी लामो समयपछि कलाकारिता क्षेत्रमा फर्किएका हुन् । फिल्मको हाल डोल्पामा छायाङ्कन भइरहेको छ ।

‘लाज शरणम्’मा सितारामको अलवा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणि नेपाल, हरिस निरौला, रेनुनाथ योगी, सागर लम्साल, बबिन राई, प्रियना आचार्य, माला लिम्बू लगायतको समेत अभिनय रहनेछ ।

फिल्मको प्रदर्शन मिति आगामी फागुन १४ गते (शिवरात्रि) लाई तोकिएको छ । फिल्मले सामाजिक कथालाई हाँस्य शैलीमा प्रस्तुत गर्नेछ । फिल्म ‘सक्किगोनि’ समूह मिलेर निर्माण गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?