मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तामाङ फिल्म ‘म्हारमेन’को विशेष प्रदर्शन हुने

काठमाडौँ– तामाङ फिल्म ‘म्हारमेन’को विशेष प्रदर्शन हुने भएको छ ।

फिल्म निर्माण समूहले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै असोज १९ गते दिउँसो १ बजे जमलस्थित राष्ट्रिय नाचघरमा फिल्मको विशेष प्रदर्शन हुने जानकारी गराएको थियो ।

मम इन्टरनेशनल नेपालको ब्यानरमा निर्माण गरिएको फिल्ममा तामाङ समुदायको मौलिक कला, संस्कृति, सभ्यतालाई समावेश गर्दै यसको संरक्षण र प्रवद्र्धन गर्ने जमर्को गरिएको निर्माण पक्षको दाबी छ । निर्माण पक्षका अनुसार यसले समुदायको पहिचानलाई उजागर गर्नेछ ।

अजय स्याङतानको निर्देशन रहेको फिल्मको निर्माण अभिनेत्री रञ्जिता ब्लोन लामाले गरेकी छिन् । फिल्ममा अभिनेत्री रञ्जितासँगै अमिर दोङ, सुश्मा मोक्तान, कुइसाङ रुम्बा, पदम दाेङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

निर्माता एवं अभिनेत्री रञ्जिताकै परिकल्पनामा दोर्जे तामाङ र ऋतुराज पाख्रिनको फिल्मको कथा लेखेका हुन् । फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, विक्रम लामाको छायांकन छ भने बद्री थिङ सहायक निर्देशनमा छन् ।

त्यस्तै, सहनिर्मातामा सुनी लामा र विनोद लामा छन् । फिल्मको विशेष प्रिमियरपछि यसलाई देशैभर विभिन्न स्थानमा प्रदर्शन गर्ने निर्माण टोलीको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?