काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ १ पैसा तोकिएको छ ।
डलरको भाउमा सोमबारको तुलनामा फेरबदल छैन । युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ९२ पैसा र बिक्री दर १४९ रुपैयाँ ४९ पैसा तोकिएको छ ।
सोमबार युरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसाका दरले कारोबार भएको थियो ।
त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर आज १७७ रुपैयाँ ७३ पैसा र बिक्री दर १७८ रुपैयाँ ५३ पैसा तोकिएको छ । सोमबार खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसाले कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया