मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पुर्व सचिवसहित चार जनालाई ८ बर्षको जेल सजाय

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई सजाय सुनाएको हो ।

सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गत भदौ २५ गते अदालतले पूर्व सचिव ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो । विशेष अदालतले आज सजाय निर्धारण गर्दै जनही ८ वर्ष १ महिना कैद र बिगो बराबर जरिवानाको फैसला सुनाएको हो ।

सोही मुद्दामा पूर्व सचिव भीम उपाध्यायसहित ११ जनाले सफाइसमेत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?