मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नुहाउने क्रममा जितिया ब्रतालुको पोखरीमा डुबेर मृत्यु

रौतहट – रौतहटको पूर्विभेग राजदेवी नगरपालिका स्थित एकजना जितिया ब्रतालुको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । राजदेवी ८ लक्ष्मिपुर गाउँ छेउ पोखरीमा सोमवार दिउँसो नुहाउने क्रममा ब्रतालु महिला स्थानिय प्रमोद साह कानुको ४५ बर्षिया श्रीमती गिरीजा देवी कानुको डुबेर मृत्यु भएको हो ।

ब्रतालु महिला नुहाउने क्रममा डुबेको खबर पाउना साथ सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट गएको संयुक्त टोलीले महिलाको उद्धार गरी तत्कालै प्रादेशिक अस्पताल गौरमा उपचारको लागि पठाएको थियो । तर डाक्टरले महिलालाई मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर हेक्वा रौतहटका प्रमुख एसपी विक्रम हुमागाईले जानकारी दिएका छन् ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।

तराई मधेशमा मनाईने जितिया पर्वको पूर्व संध्या अर्थात एकदिन अघि नहाय खाय मनाउने चलन रहिआएको छ । नहाय अर्थात नुहाउन स्नानको लागि महिलाहरु समूह समूहमा गाउँ नजीकको नदी, पोखरी, जलासयमा जाने गर्दछन्।

राजदेवीमा आज भएको घटना नुहाउने क्रममा खुट्टा चिप्लीएर पोखरीको गहिरो पानीमा लडेर डुबेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । जितिया पर्व मनाउँदा पितृले मुक्ती पाउने र छोराको आयु लामो हुने घटना दुर्घटना बाट जोगिने जनविश्वास रहिआएको छ। रौतहटमा कतिपय ठाउँमा आजै नहाय खाए मनाईएको छ भने कैयौं ठाउँमा भोली मनाईने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?