मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सर्वोच्चले पत्रकार महासंघलाई सोध्यो :- निर्वाचन समयमा किन हुन सकेन ?

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

धुव्रप्रसाद चौलागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको हो ।

वर्तमान कार्यसमितिले तोकिएको समयमा निर्वाचन गर्न नसकेपछि चौलागाईंले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका- ९ सिनामंगल , नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति काठमाडौं महानगरपालिका, ९ सिनामंगल, प्रेस काउन्सिल नेपाल काठमाडौं महानगरपालिका, ९ सिनामंगल , नेपाल पत्रकार महासंघ वागमती प्रदेश कार्यालय मुकाम मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं ४ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुर मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं।११ लाई रिटमा प्रतिवादी बनाइएको छ ।

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम हाललाई स्थगित भएको छ। यसअघि नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि असोज १२ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको थियो ।

मतदाता नामावलीमा भएको विवादका कारण पटकपटक निर्वाचन मिति तोकिएपनि महासंघको निर्वाचन प्रभावित हुँदै आएको छ। महासंघको निर्वाचन समयमा गर्न नसकेपछि महासंघका अध्यक्ष विपुल पोखरेल र कार्यवहाक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?