मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्सेमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ – नेप्सेमा आज ५९ अङ्कको गिरावट आएको छ । सोमबार नेप्से ५९.०२ अङ्कले घटेर २५२९.३३ विन्दुमा रोकिएको हो ।

आज ३२९ कम्पनिको कारोबार हुँदा एक करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६८३ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज हिमालयन हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.८४ प्रतिशतले बढेको छ । त्यस्तै, आज गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड र इस्टर्न हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज नेपाल फाइनान्सको सबै भन्दा बढी २१ करोड १३ लाख ४२ हजार ७३२ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी ५ लाख कित्ता शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?