मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरि’ को प्रदर्शन मिति घोषणा

काठमाडौँ – नेपाली फिल्म ‘फिरफिरे फिरिरि’ प्रदर्शन मिति घोषणा गरिएको छ। 

आज फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले आगामी कार्तिक २२ गते छठ पर्वको दिनलाई फिल्मको प्रदर्शन मिति तय गरेको हो । 

‘आज साइकल….भोली फरारी….’ लेखिएको श्लोगन सहित सार्वजनिक पोस्टरमा चार जना पात्रहरूलाई देखाइएको छ। स्कुटीमा बसिरहेकी युवतीलाई तिन जना युवाहरूले तानातान गर्दै गरेको पोस्टरमा देख्न सकिन्छ। ‘फिरफिरे फिरिरि’ फिल्मको नाम पहेँलो रङ्गले हाइलाइट गरिएको छ 

बिन्दबासिनी क्रियसनद्वारा निर्मित फिल्मलाई मनोज कुमार अधिकारीले प्रस्तुत गरेका हुन्। नविन भट्टको निर्देशन रहेको यो फिल्म हरर कमेडी जनरामा बनेको हो।

यो फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दै छन्। साथमा मनोज कुमार अधिकारी, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारहरूको अभिनय छ। 

यसका निर्माता अधिकारी करिब १५ वर्षपछि फेरि फिल्म निर्माणमा फर्किएका हुन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?