मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्त्री-२ बन्यो छ सय करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म

काठमाडौँ  – बलिउड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । अहिलेसम्म फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा छ सय करोड पार गरेको छ ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको छैटौँ सातापछि आइतबारसम्म ६ सय ४ करोड २२ लाख कमाई गरेको छ । 

बलिउड फिल्मको इतिहासमा छ सय करोड कमाई गर्ने स्त्री- २ दोस्रो फिल्म हो । यस अघि शाहरुख खानको २०२३ को सेप्टेम्बरमा रिलिज भएको फिल्म जवानले ६ सय ४३ करोड ८७ लाख कमाई गरेको थियो ।

जवान अहिलेसम्म भारतीय बक्स अफिसमा सबैभन्दा बढी कमाई गर्ने फिल्म हो । त्यस्तै स्त्री-२ पछि रणवीर कपुरको एनिमलले ५ सय ५६ करोड ३६ लाख कमाई गरेको थियो । 

करिब ५० करोडको लागतमा बनेको स्त्री-२ ले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो । अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?