मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बेलबारी-आरजू गोल्डकप असोज ११ देखि

मोरङ– सातौँ बेलबारी-आरजू अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गतेदेखि शुरू हुने भएको छ।

बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गस्थित प्रस्तावित लक्ष्मीमार्ग रङ्गशालामा हुने उक्त प्रतियोगिताको तयारीबारे आइतबार आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

लक्ष्मीमार्ग युवा क्लबको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लब काठमाडौँ, चित्लाङ फुटबल क्लब काठमाडौँ, बुटवल लुम्बिनी फुटबल क्लब, झापा-११ फुटवल क्लब, सलहेश युवा क्लब सिरहा, भोजपुर जिल्ला फुटबल संघ, रारा फुटबल क्लब, नेपाल पुलिस क्लब, भारतको दलसिंहपारा स्पोर्टस एकेडेमी जयगाउँ वेस्ट बंगाल र आयोजक एल एक्स सिटी फुटबल क्लब गरी १० वटा टोलिले सहभागिता जनाउने अध्यक्ष विक्रम राईले बताए।

पत्रकार सम्मेलनमा दुई तोला सुन र २ किलो ५ सय ग्राम चाँदीजडित शिल्ड समेत सार्वजनिक गरिएको थियो। जसलाई लक्ष्मीमार्ग निवासी पोपिराज राई र ज्योतिराज राईले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा सौजन्य गरेका हुन्।

प्रतियोगिताका विजेताले उक्त शिल्डसहित नगद ८ लाख रुपैयाँ पुरस्कार राशी प्राप्त गर्नेछ भने उपविजेताले नगद ४ लाख प्राप्त गर्नेछ।

करिब ६० लाख खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा म्यान अफ द म्याच, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षक लगायतका विधामा समेत पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?