मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन चिसो र तातो पानी एकसाथ मिसाएर खानुहुँदैन ?

हामी प्रायजसोले पानी तताउने गर्छौ र धेरै तातो पानी पिउन नसक्ने हुँदा त्यसमा चिसो पानी मिसाएर खाने गर्छौ । 

कतिपयले चिसो पानी आधा ग्लास लिनुहुन्छ र त्यसमा अलिकति तातो पानी मिसाएर मनतातो बनाएर खाने गर्नुहुन्छ जुन बिलकुल गलत कुरा हो । विशेषज्ञहरू भन्छन् यसो गर्नु स्वास्थ्यका लागि घातक हो । 

चिसो पानी पचाउन गाह्रो हुने र तातो पानी हल्का हुने भएकाले दुवै मिसाएर पिउँदा अपच हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

अब कुरा गरौँ चिसो र तातो पानी किन मिसाउनु हुँदैन त ?

तातो पानीमा ब्याक्टेरिया हुँदैन तर चिसो पानी दूषित हुन सक्छ, त्यसैले यी दुईलाई मिसाउँदा स्वास्थ्यमा प्रतिकूल असर पर्छ । तातो पानीले वात र कफलाई शान्त बनाउँछ भने चिसो पानीले दुवैलाई बढाउँछ, दुवै मिसाएको पानीले पित्त दोष बढाउँछ । 

तातो र चिसो पानी मिसाउँदा पाचन क्रिया कमजोर हुन्छ, पेट फुल्ने र पोषक तत्त्वको अवशोषणमा बाधा पुग्छ । तातो पानीले रक्तनली फैलाएर सफा गर्छ भने चिसो पानीले तिनलाई साँघुरो बनाउँछ । त्यसैले चिसो र तातो पानी मिसाउनु ठिक होइन ।

पानी उमाल्दा यसलाई हल्का र ब्याक्टेरिया मुक्त मात्र बनाउँदैन, यसमा औषधीय गुण थपिन्छन्, जसले यसलाई पूर्ण रूपमा सफा बनाउँछ र समग्र स्वास्थ्यमा सुधार गर्छ । यसलाई चिसो पानीमा मिसाएर पिउनाले स्वास्थ्यका लागि कम फाइदाजनक हुने भएकाले यी गुण धेरै हदसम्म कम हुन्छ ।

कस्तो पानी पिउनु उपयुक्त हुन्छ त ?

माटोको भाँडोको पानी स्वास्थ्यको लागि अमृतजस्तै हो । यसले प्राकृतिक रूपमा पानीलाई चिसो र शुद्ध राख्छ । यसले पानीमा पाइने खनिजलाई समेत जोगाउँछ । माटोको भाँडोले एक स्थिर, मध्यम तापक्रम कायम राख्छ जुन आयुर्वेदिक दृष्टिले शरीरको लागि राम्रो हो । 

माटोको भाँडोमा राखिएको पानीमा अक्सिजन पनि आउँछ र जान्छ, जसले विशेष गरी गर्मी समयमा पानीलाई धेरै चिसो राख्न मद्दत गर्छ । साथै यो पानीले पाचन क्षमतामा बाधा नपुर‍र्‍याई वा कफ दोष नबढाई शरीरलाई शीतल राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?