मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आर्सनलसँग हारबाट जोगियो म्यानचेस्टर सिटी

काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र आर्सनल बराबरी खेलेका छन् ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले खेलको अन्तिम मिनेटमा गोल गर्दै आफूलाई हारबाट बचाएको हो । दुवै क्लब २-२ को बराबरीमा रोकिएपछि एक एक अङ्क बाँडेका थिए । खेलको इन्जुरी समयको ९७औं मिनेटमा सिटीले गोल गर्दै खेल बराबरी गरेको थियो ।

सिटीका लागि जोन स्टोन्सले बराबरी गोल गरेका थिए । त्यसअघि सिटीका लागि इर्लिंग हलाण्डले पहिलो गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि रिकार्डो कालाफिओरी र गाब्रियल मागलहाएजले एक एक गोल गरेका थिए ।

त्यस्तै आर्सनलका लीन्द्रो ट्रोसार्डले पहिलो हाफको अन्त्यमा दोहोरो पहेलो कार्ड पाउदै मैदान छोडेपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।

यो बराबरीपछि म्यानचेस्टर सिटीको ५ खेलमा १३ अङ्क भएको छ र लिगमा शीर्ष स्थानमा कायम छ । त्यसैगरी आर्सनलको ५ खेलमा ११ अङ्क छ र लिगमा चौथो स्थानमा रहेको छ ।
      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?