मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बार्सिलोनाको ला लिगामा लगातार छैटौँ जित

काठमाडौँ– स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार छैटौँ जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्लारियललाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र राफिन्हाले २-२ गोल अग्रे भने पाब्लो टोरेले एक गोल गरेका थिए । त्यस्तै भिल्ला रियलका लागि एक गोल आयोज पेरेजले गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ६ खेलमा १८ अङ्क भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । त्यसैगरी भिल्ला रियलको ६ खेलमा ११ अङ्क रहेको छ र लिगमा पाँचौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?