मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालको हारको सिलसिला जारी, क्यानडासँग पाँच विकेटले पराजित

काठमाडौँ – नेपाल आईसीसी विश्वकप लिग- २ अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ ।  गएराती सम्पन्न खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १८१ रन बनाएको थियो । 

यस सिरिजमा नेपालको ब्याटिङ लगातार फ्लप हुँदै आएको छ । नेपालले आफ्ना शीर्ष क्रमका ५ ब्याट्सम्यान केवल ३६ रन बनाएर गुमाएको थियो ।

यो जित पछि क्यानडा लिग-२ को अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । क्यानडाको ११ खेलमा १४ अङ्क भएको छ । त्यस्तै नेपालले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ र केवल २ अङ्क हासिल गरेको छ ।
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?