मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आँखा उपचार केन्द्रलाई पचास लाख सहयोग

खाँदबारी ‘सङ्खुवासभा’ – सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ का एक समाजसेवी परिवारले समुदायले सञ्चालन गरिरहेको तेजरत्न आँखा उपचार केन्द्रलाई रु ५० लाख सहयोग गरेको छ ।

दिवङ्गत आमाबुबाका नाममा खाँदबारीका मनोज श्रेष्ठका पाँच दाजुभाइले आज एक कार्यक्रमबीच खाँदबारी आँखा उपचार केन्द्रलाई सहयोग रकमको चेक हस्तान्तरण गरे । दाताहरुले यो रकम गरिब, असहाय, दलित र विपन्न वर्गको उपचारमा खर्च गर्नेगरी सहयोग गरेका हुन् । यसअघि श्रेष्ठ परिवारले तेजरत्न आँखा अस्पताल निर्माण गर्न ६ रोपनी जग्गा निःशुल्क दान गरेको थियो ।

नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष अनन्तकुमार गौलीले दाताबाट प्राप्त रकमलाई अक्षयकोषमा राख्ने र त्यहाँबाट आएको ब्याजबाट आर्थिक अभाव भएका आँखाका रोगीको उपचार गरिने बताए ।

सदरमुकाम खाँदबारीमा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रमा वार्षिक करिब चार हजार आँखाका रोगी उपचारका लागि आउने गरेका छन् । यहाँ झण्डै चार सय जनाभन्दा बढीको वार्षिक रुपमा मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?