मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भक्तपुरको ठिमीस्थित घरबाट दुर्गा प्रसाई पक्राउ

काठमाडौँ – भक्तपुरको ठिमीस्थित घरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । गत असोज २ गते विद्युतीय कसुरसम्बन्धी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी उनको घरमा पुगेको हो ।

उनलाई काठमाडौंस्थित साइबर ब्यूरो र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ गर्न पुगेको टोलीलाई प्रसाईं र उनका गार्डले अवरोध गरेका थिए ।

त्यसपछि प्रहरीको टोली घरमा भर्‍याङ लगाएर छिरेर पक्राउ गरेको हो । प्रहरीले प्रसाईंलाई पक्राउमा अवरोध गर्ने सुरक्षागार्डलाई पनि समातेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?