मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेता अमजद खानले चियाको लागि सेटमै भैंसी बाँधे !

काठमाडौँ – कोही मानिस रक्सीको लतमा हुन्छन् भने कसैलाई सुत्ने धेरै मन पर्छ। तर बलिउडका एक जना चर्चित खलनायक चियाको लतको सिकार भएका छन् ।

फिल्ममा खलनायकको भूमिका खेलेर चर्चित बनेका यी अभिनेतालाई चिया निकै मनपर्थ्यो । यी अभिनेतालाई चियाको लत यति थियो कि एक दिन सेटमा चिया नपाउँदा कसैले सोचेकै नहुने काम गरे ।

यस्ताे काम गर्ने हुन्, फिल्ममा खलनायकको भूमिका खेलेर चर्चित बनेका अमजद खान । उनले फिल्म ‘शोले’ मा खलनायकको भूमिका निर्वाह गरेपछि घर–घरमा गब्बर सिंहको नामले चिनिए । अमजद खानलाई आफ्नो फिल्मको सुटिङमा चिया पिउन मन पर्थ्यो। उनलाई चियाको यति लालसा थियो कि सेटमा चिया नपाए काम गर्न गाह्रो मान्ने गर्थे ।

उनका सह–अभिनेता अमिताभ बच्चनले पनि आफ्नो पुरानो अन्तर्वार्तामा यो कुरा खुलासा गरेका थिए । अमिताभ बच्चनले भनेका थिए, अमजद आफैंले दिनभरि कति कप चिया पिए भनेर गणना गर्नै सक्थेनन् ।

अमजद खान एक पटक पृथ्वी थिएटरमा नाटकको रिहर्सल गरिरहेका थिए । यसै क्रममा उनलाई चियाको लालसा भयो । उनले पटक पटक चिया मागे तर धेरै समय बितिसक्दा पनि चिया पाएनन् ।

त्यसपछि जब अभिनेताले स्टाफलाई यस बारे सोधे, उनले थाहा पाए कि दूध सकिएको छ र त्यसैले चिया पाउन सकेन। एक दिन चिया नपाएपछि अमजद खान यति विचलित भए कि भोलिपल्ट उनले अनौठो कदम चाले ।

जब अमजद अर्को दिन सेट पुगे, उनी एक्लै आएनन्। उनीहरूसँगै दुईवटा भैँसी पनि आए । उनले दुवै भैंसीलाई सेटमा नै बाँधेर कर्मचारीलाई अब दूधको अभाव नहोस्, चिया बनाइन भने।

अमजद खानले करिब २० वर्षको फिल्मी करियरमा १३२ फिल्ममा काम गरेका थिए । सन् १९९२ मा हृदयाघातका कारण ५१ वर्षको उमेरमा अभिनेताले यो संसार छोडे तर पनि उनले अभिनय गरेका प्राय: फिल्मलाई दर्शकले धेरै मन पराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?