मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईसीसी लिग-२

नेपाल पहिलो जितको खोजीमा

काठमाडौँ– क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टिमसँग खेल्दैछ । खेल टोरन्टो नजिकै रहेको किङ्ग्स सिटीस्थित मेपल लिफ मैदानमा नेपाली समयअनुसार बेलुका ८ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले क्यानाडामा त्रिदेशीय सिरिज खेल्दैछ । सिरिजमा नेपाल र क्यानाडासहित ओमानको पनि सहभागिता रहेको छ ।

यसअघि यस सिरिजका दुबै खेलमा नेपाल पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपाले घरेलु टोली क्यानाडासँग १ सय ३ रनको विशाल अन्तरले पराजित भएको थियो । सोमबार सम्पन्न खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । टस हार्दै ब्याटिङमा उत्रेको क्यानाडाले निधारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५३ रन बनायो ।

 क्यानाडाका निकोलस किर्टोनले सर्वाधिक ७३ रन बनाएका थिए । ४४ बलको सामना गरेका उनले ३ चौका र ६ छक्का प्रहार गरे । त्यसैगरी, नवनीत धलिवालले ४८ रन जोडे ।

नेपालका ललीत राजवंशी र सोमपाल कामीले समान २ विकेट लिए । २ सय ५४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको नेपालको ब्याटिङ नै चल्न सकेन । नेपाल ४० ओभर १ बलमा १ सय ५० रनमै समेटियो ।

नेपालका लागि करण केसीले सर्वाधिक २७ रन बनाए भने सन्दीप लामिछानेले २२ रन जोडे । क्यानाडाका डिलोन हेइलिगरले सर्वाधिक ५ विकेट लिए ।

त्रिदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा पनि नेपालले जित हासिल गर्न सकेन । ओमनविरुद्ध नेपाल १ विकेटको झिनो अन्तरले पराजित हुन पुग्यो । खेलमा ओमनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

शुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २० रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए । ७२ बलको सामना गरेका पौडेलले २ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यसैगरी, नेपालका गुलशन झाले ५३ रनको अर्धशतकीय पारी खेले ।

ओमनले २ सय २१ रनको लक्ष्य खेल सकिन १ बल बाँकी छँदै ९ विकेट गुमाएर भेट्टायो । ओमनका लागि जतिन्दर सिंहले सर्वाधिक ४१ रन बनाए । ४९ बलको सामना गरका सिंहले ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

त्यसैगरी, ओमनका कश्यप प्रजापतिले ३६ रनको योगदान गरे । खेलमा नेपालका गुलशन झा एक्लैले ५ विकेट लिए । यससँगै गुल्शन एउटै एक दिवसीय खेलमा अर्धशतक प्रहार गरी ५ विकेट लिने पहिलो नेपाली खेलाडी समेत बन्न सफल भए ।

नेपालले मंगलबार पुनः ओमानसँग खेल्ने तालिका रहेको छ । लिग २ को अंक तालिकामा ८ टिममध्ये नेपाल केबल २ अंकका साथ सातौँ स्थानमा रहेको छ ।  आफ्नो दुबै खेलमा पराजित भएको नेपाललाई अंक तालिकामा आफ्नो स्थिती सुधार गर्न यो खेल जित्नैपर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?