बारा– बाराको कोल्हवी नगरपालिका अन्तर्गत राष्ट्रिय जंगल छेउमा वयस्क जङ्गली हात्ती मृत फेला परेको छ ।
स्थानीय कोल्हवी नगरपालिका २ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परेको हो । अहिले नेपाल प्रहरी , सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख इन्स्पेक्टर किशन बस्नेतले घटनाको पुष्टि गरेका छन् ।
इन्स्पेक्टर बस्नेतका अनुसार हात्तीको सुढमा सामान्य खतसँगै केही रगतको टाटा देखिएको छ । घटना बारे विस्तृत विवरण आउन बाकी रहेको इलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया