मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोरोक्कन बाथ के हो ? यस्ता छन् फाइदा

मोरोक्कोबाट प्रारम्भ भएको हर्बल बाथ संसारका थुप्रै मुलुकमा प्रख्यात छ । साधारण साबुनमा बोसो वा केमिकल प्रयोग गरिने र त्यसले छालालाई भित्रसम्म गएर बिगार्ने सम्भावना हुन्छ ।

मोरोक्कन बाथमा प्रयोग गरिने मोरोक्कन सोप (जेल) पूर्णरूपमा प्राकृतिक हुने हुँदा यस किसिमको बाथलाई स्वास्थ्य एवं सौन्दर्यका हिसाबले लाभदायक मानिन्छ ।

सकेसम्म महिनाको दुई पटक गरे उत्तम हुन्छ भने कम्तीमा दुई महिनामा एकपटक गराउनुपर्छ । यो जाडो र गर्मी दुवै मौसममा गर्न सकिन्छ । मोरोक्कन बाथ लिँदा ड्रिंक्स गरेको हुनु हुँदैन ।

यसले प्रेसर, सुगर, युरिक एसिड, बाथ आदि विभिन्न रोग नियन्त्रण गर्नुका साथै छालासम्बन्धी रोग लाग्न दिँदैन । मोरोक्कन बाथ स्वास्थ्य एवं सौन्दर्यका दृष्टिले पनि अत्यन्तै उपयोगी छ ।

तर गर्भवती वा महिनावारी भएको अवस्थामा गर्नुहुँदैन । लो–प्रेसरका बिरामीहरूका लागि पनि यो त्यति उपयुक्त मानिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?