मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हलासन योग कसरी गर्ने ? यस्ता छन् फाइदा

हलासन दुई शब्दहरू ’हलो’ र ’आसन’ मिलेर बनेको हो । हलो जसले किसानले खेत जोत्छ र आसन भनेको बस्नु हो ।

यो आसनलाई अङ्ग्रेजीमा ‘प्लो पोज’ भनिन्छ । यो योग आसन गर्नाले पाचन प्रणाली बलियो हुनुका साथै शरीरलाई अन्य धेरै फाइदा पनि हुन्छ ।

दैनिक हलासन गर्नाले पाचन प्रणाली बलियो बन्नुका साथै पेट सम्बन्धी समस्याहरू जस्तै अपच, ग्यास, कब्जियत र क्रयाम्प आदिबाट छुटकारा पाउन सकिन्छ । यस बाहेक यो आसन गर्नुका अन्य धेरै फाइदाहरू छन् ।

विधि
– उत्तानो फर्केर जमिनमा सुत्ने ।
– अब श्वास भित्र भर्दै बिस्तारै खुट्टालाई उठाउने, पहिले ३० डिग्री र पछि ६० डिग्रीसम्म उठाएपछि खुट्टालाई टाउकोभन्दा पछाडिसम्म पुर्‍याउँदै श्वास बाहिर फाल्दै जाने ।
– खुट्टालाई टाउको पछाडि जमिनमा टेकाउने ।
– यो स्थितिमा ठाडो नहुन्जेल वा ३० सेकेन्डसम्म बस्ने ।
– फर्केर आउँदा जुन क्रमले माथि आइन्छ, त्यही क्रमले खुट्टा बिस्तारै झार्दै भुईँमा सीधा राख्ने ।

लाभ
– थाइराइड ग्रन्थिलाई चुस्त बनाएर मोटोपन, भकभकाउने, पुडको शिर दुर्बलतामा लाभ पुर्‍याउँछ ।
– मेरुदण्ड स्वस्थ र लचकदार बनाउँछ ।
– स्त्री रोग, कष्टातर्वमा उपयोगी हुन्छ ।
– अन्याशय (प्याङ्क्रियाज) सक्रिय पारेर मधुमेहमा हित गर्छ ।
– अजीर्ण, मन्दाग्नि, कब्जियतमा लाभदायक ।
नोट : उच्चरक्तचाप, काँध दुख्ने, फियो र कलेजो बढेको बेलामा यो आसन गर्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?