मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ सार्वजनिक

काठमाडौँ– एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक भएको छ । ​

बालरोग विशेषज्ञ डाक्टर श्रीधर खनालद्वारा लिखित साइन्स फिक्सन ‘सावर्णि’ शनिबार कमलादीस्थित प्रज्ञा डबलीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

प्राध्यापक अभी सुवेदी, लेखक डा। रवीन्द्र समीर, लेखक सगुना शाह र खनालले संयुक्त रूपमा उपन्यासको लोकार्पण गरेका हुन् ।

लोकार्पण कार्यक्रममा बोल्दै डा। समीरले अब मानिसहरू ‘सावर्णि’ युगमा प्रवेश गर्न लागेको बताए ।

‘अब हामी सावर्ण युगमा प्रवेश गर्न लागेको संकेत आइरहेको छ । छोराछोरी, बाबुआमा, हजुरबा हजुरआमा मोबाइलबिना खाना खानै नसक्ने अवस्था छ,’ पुस्तकबारे डा. समीरले भने, ‘हामीलाई एआईले नियन्त्रण गरिरहेको छ । कुनै लेख लेख्नुपर्‍यो च्याट जीपीटी छ । हाम्रो सृजनालाई एआईले नियन्त्रण गरिरहेको छ ।’

लेखक शाहले पनि यदि मान्छेको अध्ययनको दायरा फराकिलो छ भने उसले पृथक किताब लिएर आउने बताइन् ।’सावर्णि’ मा डा। खनालको अध्ययनको फैलावट समेत देखिएको बताइन् ।

उनले भनिन्, ‘यो किताब हामी हामी लोप भइसकेपछिको कथा हो । यो किताब पढ्दै जाँदा म बाल्यकालमा गएँ ।’ शाहले अबको प्यारेन्टिङ कस्तो गर्ने भनेर यस पुस्तकले सचेत गराउने बताइन् ।

मान्छेले सृजना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै प्राध्यापक सुवेदीले भने, ‘यो उपन्यासले आशाको संकेत गर्छ । सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको छ ।’

लेखक डा। खनालले पनि सबैलाई धन्यवाद दिए । पेशाले बालरोग विशेषज्ञ रहेका खनाल अस्तित्व फाउन्डेसनका संस्थापक समेत हुन् ।

यस फाउन्डेसनले क्यान्सर जस्ता घातक रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ ।

‘सावर्णि’ बाट प्राप्त रोयल्टीबाट केही प्रतिशत रकम डा। खनालले यही फाउन्डेसनमार्फत समाज सेवामा लगाउने बताएका छन् ।

यस पुस्तकलाई बूकहिलले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?