मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल पराजित

काठमाडौँ- साफ यू–१७ च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको हो ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

पाकिस्तानका लागि ८१ औँ मिनेटमा मोहमद तालहाले गोल गरेका थिए । यो जितसँगै पाकिस्तानले ३ अंक प्राप्त गरेको छ ।

नेपालले अर्को खेल सोमबार श्रीलंका र बुधबार भुटानविरुद्ध खेल्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?