मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दशैँ नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

काठमाडौँ- दशैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । चाडबाडमा खपत हुने सामान ढुवानी र व्यवस्थापन गर्न होलसेल व्यापारीदेखि भरियासम्म व्यस्त देखिन्छन्‌ ।

काठमाडौंका परम्परागत व्यापारिक केन्द्र न्युरोडको रञ्जना गल्ली, खिचापोखरी, महाबौद्ध, असन, इन्द्रचोक लगायतका स्थानमा सञ्‍चालित होलसेल बजारमा यतिखेर दशैँका सामान ओसारपसार गर्न बाक्लो चहलपहल छ । सो क्षेत्रमा देशका विभिन्न भागबाट पसलका लागि सामान माग हुने गर्छ ।

दशैँ नजिकिएसँगै महाबौद्धका भरिया पनि निकै व्यस्त भएका छन्‌ । अन्य समयको तुलनामा दशैँ(तिहारमा काम धेरै र कमाइ पनि राम्रो हुने भएकाले भरियाहरूलाई व्यस्तता बढेको हो ।

अन्य समयमा मुस्किलले एक हजार रुपैयाँसम्म आम्दानी हुने भए पनि यतिखेर भने दैनिक चार हजार रुपैयाँसम्म कमाइ भइरहेको उनीहरू बताउँछन्‌ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?