काठमाडौँ- भारतको राजधानी दिल्लीकी नवनियुक्त मुख्यमन्त्री आतिशी मरलेनाले शपथ ग्रहण गरेकी छिन् । शनिबार आतिशीले उपराज्यपाल भीके सक्सेनासमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् ।
अरविन्द केजरीवालले १५ सेप्टेम्बरमा मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए । त्यसपछि आतिशीले मुख्यमन्त्रीको दाबी पेश गरेकी थिइन् ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले आतिशीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । यससँगै उनी दिल्लीको इतिहासमै तेस्रो महिला मुख्यमन्त्री बनेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया