मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कफी पिउँदा यस्ता कुरामा ध्यान दिए स्वास्थ्यमा जोखिम हुँदैन

काठमाडौँ– हामीमध्ये धेरै जना दैनिक कफी पिउँछौँ । ठिक्क कफी पिउँदा यसले प्रदान गर्ने लाभ धेरै छन् । तर पनि धेरै कफी पिउँदा स्वास्थ्यमा हानी हुने चिकित्सकहरु बताउँछन् । यस्तोमा दैनिक कति कफी पिउने भन्ने प्रश्न उठ्छ ।

चिकित्सकहरु दैनिक ३ देखि ५ कप कफी पिउनाले मधुमेह, उच्च रक्तचाप र फ्याटी लिभरको जोखिम कम गर्न सकिने बताउँछन् । विशेषज्ञहरूले चिनी बिना र कम दूधमा कफी पिउने सुझाव दिन्छन् ।

कफी पिउनाले टाइप-२ मधुमेह, कोरोनरी आर्टरी डिजिज, स्ट्रोक, फ्याटी लिभर, उच्च रक्तचाप, मृगौलाको दीर्घरोग, डिप्रेसन र केही क्यान्सरको जोखिम कम हुन्छ । दैनिक ३ देखि ५ कप कफी पिउनु स्वास्थ्यका लागि सुरक्षित र फाइदाजनक मानिन्छ ।

कफीमा चिनी मिसाउनु नहुने विज्ञहरुको सुझाव छ । अनिद्राबाट पीडित व्यक्तिहरूलाई सुत्नुभन्दा करिब ५–६ घण्टा अगाडि कफी पिउन नहुने सल्लाह दिइन्छ ।

त्यसैगरी, गर्भवती महिलाले दैनिक १ देखि २ कप मात्र कफी मात्र पिउनुपर्छ। जर्नल अफ एग्रिकल्चरल एण्ड फूड केमिस्ट्रीमा प्रकाशित एउटा अध्ययनले अल्जाइमर रोगको प्रारम्भिक सुरुवातलाई रोक्न कफीले मद्दत गर्ने देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?